सुनको मूल्य घट्याे



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ।  त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो।  त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्