नदीमा डुबेका किशोरी मध्ये एकको शव फेला,एक बेपत्ता



नवलपरासी ।

कालीगण्डकीमा शनिबार डुवेका दुई किशोरी मध्ये १ को शव फेला परेको छ भने अर्का एक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेद बहादुर पौडेलका अनुसार पहाडी बौदिकाली स्थित कालीगण्डकी नदीको उत्तरी भागमा स्थानीय १७ वर्षीया लक्ष्मी सारूको शव आईतबार अवेर बिहान फेला परेका हो ।

सोही नदीमा डुवेकी १४ वर्षीय नरिना सारू फेला नपरेकोले प्रहरी र स्थानीय द्वारा खोजी कार्य भई रहेको प्रवक्ता पौडेलले बताउनु भयो ।
प्राप्त जानकारी अनुसार घर नजिकैको पधेरोमा नुहाउन तथा लुगा धुन गएका सारू परिवारका दिदी बहिनी साँझ घर नफर्के उनीहरू हराएको आशंकामा खोज तलास गरिएको थियो ।

पारिवारिक रूपले गाउँघरमा खोज तलास गर्दा किशोरी दिदीबहिनी नभेटिए पछि आईतवार बिहान प्रहरीलाई खवर गरि खोज्ने क्रममा नदी किनारमा दुवै किशोरीको चप्पल र ३० रूपैयाँ नगद फेला परेको थियो । सोही क्रममा नदी तल खोज्दै जाँदा दिदी लक्ष्मीको शव फेला परेको र बहिनीको अवस्था अज्ञात रहेकोले गोताखोर टोली झिकाउने प्रकृया अघि बढाईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्