सुनुवार सेवा समाजको दोस्रो प्रदेश सम्मेलन सम्पन्न



धरान ।

हिजो देखि शुरु भएको सुनुवार सेवा समाज कोशी प्रदेशको दोस्रो सम्मेलन हेमन सुनुवारको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती सर्ब सम्मतले चयन गर्दै सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकार स्वस्थ्य मन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा हिजो देखि शुरु भएको सम्मेलनले आज बन्द सत्र मार्फत प्रदेश कार्य समिती चयन गरेको हो ।

समितिको अध्यक्षमा सुनसरीका हेमन सुनुवार, उपाध्यक्षमा झापाका बिष्णु कला सुनुवार र उदयपुरका सन्त बहादुर सुनुवार, सचिवमा ईलामका चक्र दिप सुनुवार, सह-सचिवमा ओखलढुंगाका निर्मल सुनुवार, कोषाध्यक्षमा सुनसरीका अर्पना सुनुवार, सदस्यहरुमा ईलामका सबिना सुनुवार, मोरङका लक्ष्मी सुनुवार र संखुवासभाका रुद्र बहादुर सर्बसहमतले चयन भएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्