सवारी दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं ।

म्याग्दी, रघुगंगा गाउँपालिका-७ गैराबारी भन्ने स्थानमा लु।२ प ६११२ नम्बरको टिपर शनिबार बिहान दुर्घटना हुँदा टिपरमा सवार दाङ लमही नगरपालिका-८ उसानिबु बस्ने ३५ वर्षीय बिरु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ३ जनामध्ये टिपरका चालक र सहचालकलाई प्राथमिक स्वास्थ्य केन्द्र चिमखोला हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चिमखोलामा उपचार भइरहेको छ ।

प्युठान, माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा.५ प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डागीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्