काठमाडाैंबाट लागूऔषधसहित एक जना पक्राउ



काठमाडौं ।

लागूऔषतसहित प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौं बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

उनलाई शनिबार दिउँसो काठमाडौं महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले बा।२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्