सुनको मूल्य आज पनि बढ्याे, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्