कर्णालीमा दुई बालिका बेपत्ता



बाजुरा । 

 बाजुरामा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा नन्द बहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र भुपेन्द्र शाहकी १४ वर्षीया छोरी सञ्जु शाही रहेको बताइएको छ ।

दुवै बालिका जगन्नाथ गाउँपालिका वडा नं.२ बस्नेका नुने पानी नजिकै कर्णाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन् । उनी संगै नुहाउन गएका अरु ३ जना बालिकाको दिल्लिप शाहीले सकुशल उद्धार गरेको बताइएको छ।

स्थानीयबासी र सुरक्षाकर्मीले बालिका बगेको समय देखि नदिको दुवै किनारामा खोज्दा नभेटिएको र बेपत्ता बालिकाको खोजीकार्य जारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्