जेएमई र मनिग्राम इन्टरनेश्नलबीच सझेदारी सम्झौता

3.01k
Shares

काठमाडौं । 

जापान मानि एक्सप्रेस कम्पनी लिमिटेड (जेएमइ) केन्द्रिय कार्यालय सिन्जुकु, टोकियो र मनिग्राम इन्टरनेश्नल (आइएनसी) बिच विश्वका विभिन्न देशहरुमा रहेका समुदाय, परिवार तथाव्यक्ति(हरु) लाई अन्तरदेशीय विप्र्रेषण सञ्जालमा जोडने गरि साझेदारी सम्झौता भएको छ ।

त्यस पश्चात जापान मनि एक्सप्रेसले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहक सदस्यहरुलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको जेएइका अध्यक्ष ओम गुरुङले बताए।

जापान मनि एक्सप्रेसले आफ्नाग्राहक सदस्यहरुलाई जेएमई मोवाइल एप्प रजिष्ट्रर गरि सोबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था भएको छ । आफूले पठाउने पैसा भुक्तानी गर्नको लागि लसोन कार्डकाे व्यवस्था लगायतग्राहक सन्तुष्टिको लागि मोवाइल एप्प मार्फत विभिन्न किसिमको डिजिटल सेवाहरुसहित आफ्नो स्तर वृद्धि गर्दै गएको छ ।

अब जेएमई मोवाइल एप्पबाट रजिष्ट्रर गरि सो ब्एए बाट आफूले चाहेको जुनसुकै देशमाचौविसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्था सहित सेवाशुल्कविना नै पैसा पठाउन सकिने, प्वाईन्टस प्रयोग गरि सेवाशुल्क घटाउन सकिने विशेषताहरु थ्प गरेको छ ।

जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड जापानमा रहेका नेपालीहरुद्वारा संचालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनि एक्सप्रेसले मनिग्राम इन्टरनेश्नल आइएनसी लगायत विश्वका ११ अन्तराष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीहरुसंग रेमिटेन्स सम्बन्धि कार्य गर्दै आइरहेको पनि गुरुङले जानकारी दिए ।

जसले नेपाल, भारत, पाकिस्थान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने कम्पनीको दावी छ   ।

Skip This