एकीकरणपछि एकीकृत कारोबार सुरु



हेटौंडा ।

ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–२ र सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेड हेटौंडा–४ को एकीकरणपछिको एकीकृत कारोबार शुरु भएको छ । आइतबार हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले कारोबार उद्घाटन गर्नुभएको हो ।

ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष विवेक पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेड अध्यक्ष ध्रुवप्रसाद अधिकारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

एकीकरणपश्चात सहकारी संस्थाका सदस्य ६ सय ५० पुगेका छन् भने शेयर रकम ९८ लाख पुगेको छ । संस्थाको बचत ३ करोड २० लाख र ऋण ३ करोड ९० लाख पुगेको छ । एकीकरणपश्चात संस्थाको नाम ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्