उदयपुर अस्पतालमा बालरोग विशेषज्ञको अभाव



उदयपुर ।

उदयपुरको गाईघाटस्थित जिल्ला अस्पतालमा बालरोग विशेषज्ञको उपचार सेवा नहुँदा हजारौ बालबालिका उपचारबाट बञ्चित हुनु परेको छ ।

अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. निरज सिंहले राम्रो सेवा सुविधा पाएर अन्यत्र अस्पतालमा काम गर्न यहाँबाट राजिनामा दिएर हिडेपछि उदयपुर जिल्ला अस्पताल बालरोग विशेषज्ञ बिहीन बन्न पुगेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुरका विभिन्न कार्यक्रममा पटक पटक आए तर उपलब्धि शुन्य छ । बोलीको कुनै अर्थ छैन र बोलेका कुरा नपु¥याउँदा बालबालिकाहरुले उपचार नै पाउन छाडेका छन् ।

दुई महिना अघि मुख्यमन्त्री काकीृले उदयपुरको एक कार्यक्रममा १० वर्ष मुनिका बालबालिकाको निशुल्क उपचार गर्ने नीति प्रदेश सरकारले ल्याएको मनकारी भाषण गरे । तर अहिले कोशी प्रदेस सरकारले उदयपुर जिल्ला अस्पताललाई दिनु पर्ने निशुल्क उपचार वापतको रकम उपलब्ध नगराउँदा उदयपुरका बालबालिकालाई उपचारकालागि बिराटनगर जनकपुर लैजान बाध्य पारिएको छ ।

उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा डा.निरज सिंहद्धारा दिइदै आएकोमा बालबालिकाको उपचार वापतको खर्च नदिएपछि डा.सिंहले राजिनामा दिएर हिड्नु परेको छ । उदयपुर जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जिल्ला समन्वय समितिका संयोजक गौर बहादुर वि कले प्रदेश सरकारले उपलब्ध गराउने रकम नपाएपछि डा. सिंहले राजिनामा दिएर हिडेको बताउनु हुन्छ ।

जिल्ला अस्पताल श्रोतले पनि डा. सिंहले बालबालिकाको उपचार वापतको सोधभर्ना रकम प्रदेश सरकारले उपलब्ध नगराएपछि राजिनामा दिएर हिडेको जनाएको छ । यस विषयमा उदयपुर जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मुकेश झाले भने डा. निरज सिंह आफ्नै गृह जिल्लामा यहाँकोभन्दा राम्रो सेवा सुविधा पाउने भएपछि राजिनामा दिएर जानु भएको बताए । उनले भने प्रदेश सरकारले सोधभर्ना वापत दिनु पर्ने रकम उपलब्ध नगराउँदा पनि समस्या भएको थियो ।

जिल्ला अस्पतालबाट पटक पटक सो रकम उपलब्ध गराउन माग गरिएको भए पनि प्राप्त नभएको बताए । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदिप कुमार सुनुवारले सोमबार उदयपुर जिल्ला अस्पतालको अनुगमन पश्चात अस्पतालको समस्याका बारेमा जानकारी लिएको र रिक्त रहेको बालरोग विशेषज्ञ सेवा पदपूर्तिकालागि आफूले पहल गर्ने बताए ।

हाल ५० सैयामा संचालित उदयपुर जिल्ला अस्पतालमा दैनिक ५ सयभन्दा बढी बिरामी उपचारकालागि आउने गरेको र बेडको अभावमा भुँईमा राखेर उपचार गर्नु पर्ने बाध्यता भएपछि अस्पताल विकास समितिले ३० बेड थपेर ८० बेडमा उपचार गरिरहेको छ । मन्त्री सुनुवारले उदयपुर अस्पताललाई १ सय बेडमा स्तरोन्नति गरी संचालन गर्न आवश्यक बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्