बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं ।

नेपाली बजारमा पहेँलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

मङ्गलबार प्रतितोला एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार छ सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्