आईपीएलमा हैदरावादले पञ्जावलाई २ रनले हरायो



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो।

हैदरावादले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाएपछि खेल २ रनले हारेको थियो। यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

यो जितपछि हैदरावादको ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्क भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्