तोरी मिलमा चोरी, छिमेकी घरबाट ठूलो मात्रमा  तेल बरामद

 ५ जना पक्राउ

76.89k
Shares

 धादिङ ।

नियमित रुपमा तोरी पेल्ने र तेल बिक्री गर्दै आएको धादिङबेसी गणेशटोल स्थित श्री न्यौपाने तेल मिलबाट ठूलोमात्रामा तेल चोरी भएको छ ।
मिलमा काम गर्ने कामदार र छिमेकीहरु मिलेर चोरी गरिएको तेल छिमेकी घरहरुबाट ठूलो परिणाममा प्रहरीले आइतबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

लामो समयदेखि मिलमा काम गर्ने कामदार रमेश गुरुङले तेल मिलमा नियमित रुपमा चोरी गर्दै आएको शंका लागेपछि मिल सञ्चालकले आन्तरिक रुपमा छानबिन गरी  जिल्ला प्रहरी कार्यालय धादिङमा आइतबार उजुरी गरेको रोमप्रसाद न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी  हिरासतमा लिएको थियो ।  छिमेकी तिन जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मिल सञ्चालकले कामदार रमेश गुरुङलाई सबै जिम्मा लगाएर घर जाने गरेको र त्यसैको मौका उठाइ छिमेकीहरूसँग मिलेर चोरी गरेर तेल लुकाउने गरेको मिल सञ्चालकले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

 

मुख्य आरोपित गुरुङले सबैभन्दा नजिकको छिमेकीको घरमा राखेको २ सय १५ तोरीको तेल जर्किन, गाग्री तथा अन्य भाडामा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ भने अन्य छिमेकीको घरबाट ६५ लिटर तेल आइतबार बरामद गर्दै छानबिनका लागि ३ जना घरधनी र एक जना कोठा भाडामा बस्नेलाई पक्राउ गरेको छ ।

मिलमा काम गर्ने कामदार गुरुङले राती १ बजेभन्दा पछि मिलमा लगाइएको सिसी क्यामरा अफ गरेर छिमेकीसँगको सहकार्यमा चोरी गरेर तेल र सोही मिलमा कुटानी गर्ने गरिएको चामल बिक्री गर्ने गरेको पाइएको छ ।

घटनाका सम्बन्धमा उजुरी पछि छानबिन गर्दै शंका लागेकाहरूलाई छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका  सूचना अधिकारी एवं  प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिए ।

Skip This