लुम्बिनी मुख्यमन्त्री महराद्वारा पद तथा गोपनीयताको शपथ



बुटवल ।

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शप लिएका छन्  ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिएका हुन्  ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिएका हुन् ।

हरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको सपथ ग्रहण गर्नु भएको छ ।

अहिले मन्त्रि नियुक्त भएका कसैलाई पनि मन्त्रालयको जिम्मेवारी दिईएको छैन। महराले आफुले सपथग्रहण गरेसंगै सत्तासाझेदार दलहरुको तर्फबाट सानो आकारको मन्त्रिमण्डल बनाउनु भएको हो ।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत सुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्