जीवाश्म इन्धन अनुदानको विरोधमा थनबर्गको नेदरल्याण्डसमा प्रदर्शन



DEN HAAG – De Zweedse Greta Thunberg wordt voor de tweede keer gearresteerd tijdens een blokkade van de A12. Thunberg was aanwezig bij de 37e blokkade van de snelweg omdat er tijdens de actie nieuwe internationale acties tegen fossiele subsidies werden aangekondigd. ANP RAMON VAN FLYMEN

काठमाडौं ।

नेदरल्यान्ड्समा जीवाश्म इन्धन अनुदानको विरोधमा भएको प्रदर्शनका क्रममा वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ । थनबर्गको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रमुख सडक अवरुद्ध भएपछि प्रहरीले कारबाही गरेको थियो ।

प्रहरीले प्रदर्शनका क्रममा चार सयभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो, जसमध्ये १२ जनालाई उक्साएको आरोपमा हिरासतमा राखिएको छ । यद्यपि, वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई पछि रिहा गरिएको थियो ।

थनबर्गलाई प्रदर्शनका क्रममा पहिलो पटक पक्राउ गरिएको केही समयपछि रिहा गरिएको थियो । पछि उनी फेरि आफ्ना सहकर्मीहरूसँग प्रदर्शनमा सामेल भएकी थिइन् । प्रदर्शनले रेलवे स्टेशन जाने अर्को सडक अवरुद्ध भएपछि प्रहरीले ग्रेटा थनबर्गलाई फेरि हिरासतमा लिएर प्रहरी चौकी लगेको थियो ।

जीवाश्म ईन्धन सब्सिडी सम्बन्धी छलफल अघि डच सरकारलाई दबाब दिने रणनीतिको रूपमा जुनमा वातावरणीय समूह विलुप्त विद्रोहद्वारा प्रदर्शनको आयोजना गरिएको थियो । सो क्रममा प्रहरीले आन्दोलनकारीलाई राजमार्गमा प्रवेश गर्न रोक्दै त्यसो गरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्