विनय कसजू स्मृतिग्रन्थ लोकार्पण



 काठमाडौं । 

वरिष्ठ साहित्य सृष्टा तथा सञ्चारकर्मी विनय कसजूको स्मृतिमा प्रकाशित विनय कसजू स्मृतिग्रन्थ ९२००००को लोकार्पण भएको छ । विनय कसजू स्मृति प्रतिष्ठानले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरी उक्त स्मृतिग्रन्थ लोकार्पण गरेको हो ।

विनय कसजू स्मृति प्रतिष्ठनका संरक्षक गंगादेवी कसजूको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्राडा चुडामणि बन्धु तथा विशिष्ठ अतिथि प्राडा दयाराम श्रेष्ठले ग्रन्थको लोकार्पण गर्नुभएको थियो ।

प्राडा कपिल लामिछाने, प्रा.डा ध्रुवकुमार घिमिरे, डा.पुष्करराज भट्ट, डा.हरिप्रसाद भण्डारी र मञ्जु ज्ञवालीले २ वर्ष लगाएर कसजूको स्मृतिग्रन्थ तयार गर्नुभएको हो ।

उक्त स्मृतिग्रन्थ ७ सय ८८ पृष्ठको रहेको छ । उक्त स्मृतिग्रन्थमा १ सय ९ ओटा  संस्मरण १७ ओटा समालोचना, स्वर्गीय विनय कसजूसँग सम्बन्धित कविताका साथै उहाँका केही लघुकथा, बालकथा, ट्विट र उहाँको समग्र जीवनी खण्ड समावेश गरिएको छ ।

कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, प्राध्यापक डाक्टर जिवेन्द्रदेव गिरी, गुञ्जन साहित्यक संस्थाका अध्यक्ष जलेश्वरी श्रेष्ठलगायतले ग्रन्थका विविध पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।

सम्पादक समितिका संयोजक प्रा.डा.कपिलदेव लामिछानेले कार्यक्रममा पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो । त्यसै गरी प्रा। डा। विवेन्द्रदेव गिरीले पुस्तकको समग्र समीक्षा गर्दै कसजूको साहित्यिक जीवनको योगदान र जीवनी, व्यक्तित्व, कृतित्वका बारेमा प्रकाश पार्नुभएको भयो। त्यसै गरी प्रा.डा. दयाराम श्रेष्ठले स्वर्गीय कसजूले लेख्नुभएको लघुकथाका बारेमा समीक्षा गर्नुभएको थियो । त्यसै गरी अर्का वक्ता पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले सूचना अधिकारका बारेमा कसजूको योगदानका बारेमा बोल्नुभयो ।

प्रतिक्रिया दिनुहोस्