आईपीएलमा आज गुजरात र पञ्जाव भिड्दै



काठमाडौं ।

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुँदै छ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जावले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो।

त्यस्तै पञ्जावले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्