म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए। त्यसै गरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अङ्कसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।

त्यसै गरी लिगको शीर्ष स्थानमा भने आर्सनल रहेको छ। आर्सनलको ३० खेलमा ६८ अङ्क रहेको छ। त्यस्तै यस खेलमा हार बेहोरेको एस्टन भिल्लाको ३१ खेलमा ५९ अङ्क रहेको छ र लिगमा पाँचौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्