यु-२१ राष्ट्रिय खो खो को तयारी



काठमाडौं ।

नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गते सम्म सञ्चालन हुनेछ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा छ प्रदेश कोशी, मधेश, बागमती, गण्डगी, लुम्विनी, र सुदूरपश्चिमले सहभागिता जनाउनेछ। यस प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन्।

प्रतियागिताको विजेताले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ। नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले मङ्गलबार पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्