नेपाल आज गुजरातविरुद्ध खेल्दै



काठमाडौं ।

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दै छ। गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २: ४५ बजेदेखि शुरु हुने छ।

प्रतियोगितामा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ। नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको थियो।

त्यसै गरी गुजरात क्रिकेट एसोसिएसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ। त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्