यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

आइतबार युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३१ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ७१ र बिक्रीदर ८७ रुपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ २५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ८४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ।

यसै गरी, आइतबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्