विश्वव्यापी द्वन्द्वको अन्त्य गर्न एचडब्ल्युपीएलका अध्यक्ष म्यान-ही लीकाे आह्वान



काठमाडौं ।

 एचडब्ल्युपीएलका अध्यक्ष म्यान-ही लीले रूस-युक्रेन, इजरायल-हमास लगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन्।

दक्षिण कोरियामा मुख्यालय रहेको अन्तरराष्ट्रिय शान्ति संस्था एचडब्लुयुपिएलकाे शान्ति प्रशिक्षण संस्थानमा ‘शान्तिको घोषणा र युद्धको अन्त्य’को आठौं वार्षिक समारोहमा उनले यस्तो अपिल गरेका हुन्।

धर्मका नाममा हुने द्वन्द्वले विश्व शान्तिलाई खतरामा पारेको कुरा औंल्याउदै अध्यक्ष म्यान-ही लीले विभिन्न धर्महरू एकै ठाउँमा आउनु पर्नेमा जोड दिए । ‘धर्महरूले एकअर्काको मूल्यमान्यता सिक्नुपर्छ र धर्मशास्त्रको तुलनात्मक अध्ययन गरेर एक हुनुपर्दछ’ भन्दै ली ले धार्मिक समुदायहरूले धर्मशास्त्रमा आधारित विश्वासको अभ्यास गर्नुपर्ने बताए । सबै धर्म मान्नेहरू पृथ्वीमा मानवतासँग बाँच्न सकून् भन्ने कामना गर्दै उनले भने ‘एउटा यस्तो संसार बनाउनु पर्छ जहाँ मानिसहरू धर्मको परवाह नगरी एकअर्कालाई सञ्चार, सहकार्य र सहयोग गर्छन्।‘

 कार्यक्रममा सम्बोधन गर्दै श्रीलङकाका बुद्धशासन, धार्मिक र सांस्कृतिक मामिला मन्त्री एच.ई. विदुर विक्रमनायकले युद्ध अन्त्य गर्ने र राष्ट्रहरू बीचको समझदारी बढाउने साझा लक्ष्यमा काम गर्ने व्यक्ति र संस्थाहरूको प्रयासको प्रशंसा गरे ।

एचडब्ल्युपीएलले विश्वभर शान्ति स्थापनाका लागि विभिन्न गतिविधिहरु गरिराखेको छ । नेपालमा, शान्ति शिक्षक तालिम २०२३, अगस्ट २२ देखि अक्टोबर १३ सम्म एसफोडेल पब्लिक स्कुलमा आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्