प्रियंकादेखि दिपीकासम्म एउटै र्‍याम्पमा उत्रने



काठमाडौं ।

अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायत सेलिब्रेटी अब एउटै र्‍याम्पमा क्याटवक गरिरहेको अवस्थामा देखिने भएका छन्।

राजधानीको होटल याक एन्ड यतिमा हुने १३औं आइसी डिजाइनर रनवेनामक फेसन शोमा उनीहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनका साथ प्रस्तुत हुन लागेका हुन्।

आइसी डिजाइनर रनवेमा भारत, रसिया, सर्बियालगायत देशका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहने आयोजकले जनाएका छन्। नेपालबाट भने २६ मोडलले पहिरनका नया“ र आकर्षक डिजाइन प्रस्तुत गर्नेछन्।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ। शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरले तयार पारेका फरकफरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछन्।

हरेक वर्ष नियमित आयोजना हुँदै आएको फेसन शोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्