वनचौरीलाई प्रतीक मान्दै हुम्ला एमालेको लोगो सार्वजनिक



 सिमकोट ।

 हुम्लामा मात्रै पाइने लोपउन्मुख वन चौरीलाई  प्रतीक मान्दै नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाले आफ्नो  दशौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

संसारका निकै थोरै क्षेत्रमा मात्रै पाइने वन चौरी हुम्लाको लिमी उपत्याकामा मात्रै पाइने भएपनि लोपउन्मुख जंगली जनावरको सूचिमा रहेको वन चौरीको संरक्षणमा जोड दिन सम्बन्धित निकायको ध्यान केन्द्रित हा्स भन्दै एमाले हुम्लाले आफ्नो  दशौं जिल्ला अधिवशेनको लोगोको प्रतीक बनाएको अधिवेशन आयोजक किमिटका संयोजक डबल रावतले जानकारी दिए ।

पार्टी कार्यालय भएको मनमोहन स्मृति भवनमा आयोजित जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रमलाई संवोधन गर्दै संयोजक रावतले नेपालकै शीर्ष सदरमुकाम सिमकोट र लोपउन्मुख वन चौरीलाई समेटेर अधिवेशनको लोगो तयार पारिएको हो ।

‘पार्टी जिल्लाको निर्वतमान पदाधिकारीहरुको बैठकले पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, कर्णाली काठमाडौं सम्पर्क कमिटिका उपसचिव बिरजन महातारा र देवीलाल रावलले परिकल्पना गरेर निर्माण गरेको दशौं जिल्ला अधिवेशनको लोगोलाई पारित गर्ने निर्णय गरेपछि हामीले औपचारिक रुपमा सार्वजनिक गरेका हौं’ अधिवेशन आयोजक कमिटी संयोजक रावतले भने ‘लोगोले हुम्ला लोपउन्मुख वन्यजन्तुको वासस्थान क्षेत्र मात्रै होइन पर्यटकीय क्षेत्र पनि हो भन्ने सन्देश दिने देखि उदाउँदो कम्युनिष्ट पार्टीका रुपमा एमाले रहेको देखि राष्ट्रियताको पहारेदारका रुपमा पार्टी रहेको भन्ने सन्देश दिएको छ ।’

  दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा सदरमुकाम सिमकोटको सुन्दर दृश्य, लोपोन्मुख हुम्लामा पाइने चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिन्ह अंकित रहेको एमाले हुम्लाका निवर्तमान सचिव तीर्थराज बोहराले जानकारी दिए ।

 ४४ वटै वडामा प्रतिनिधि छनोट १६ गते एकैदिन

नेकपा (एमाले) हुम्लाले जिल्ला अधिवेशनका लागि ४४ वटै वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ ।

४ हजार ६ सय ६३ पार्टी सदस्यता रहेको एमाले हुम्लाले वडा कमिटीलाई प्रतिनिधि छनोटको क्षेत्र तोक्दै चैत १६ गते शुक्रवार एकै साथ प्रतिनिधि छनोट गर्ने सबै तयारी पूरा  गरेको छ ।

‘दशौं जिल्ला अधिवेशनका लागि ४४ वटा वडा मध्ये ४३ वडाबाट एक सय ५७ जना प्रतिनिधिको सहभागिता हुने गरी प्रतिनिधि छनोटको काममा सबै वडा कमिटीले अन्तिम तयारी गरिरहनु भएको छ’ । कार्यक्रममा पार्टी सचिव बोहराले भने, जिल्ला कमिटीले तय गरेको मापदण्ड अनुसार महिला ४२ जना, पुरुष ९२ जना, दलित २१ जना प्रतिनिधिहरू वडाबाट छनोट भएर आउनु हुनेछ । त्यसमा १५ प्रतिशत ४० वर्ष मुनिका यूवाहरु प्नि प्रतिनिधिका रुपमा छनोट हुनुहुनेछ ।’

नवौं जिल्ला अधिवेशनबाट निर्वाचित ९८ सदस्यीय आयोजक कमिटी र वडाबाट निर्वाचित प्रतिनिधि गरेरे दशौं जिल्ला अधिवेशनका लागि २ सय ७६ जना प्रतिनिधि रहने छन् । एमाले हुम्लाले जनवर्गिय संगठनको हकमा २२ जनाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ ।

गएको फागुन २८ गते चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा बसेको नवौं जिल्ला कमिटी बैठकले दशौं अधिवेशनको मिति, स्थान तय गर्दै चैत १६ गते ४४ वटा वडामा प्रतिनिधि छनोट लगायतका निर्णय गरेको थियो ।

अधिवेशन प्रतिनिधिका लागि दलित पार्टी सदस्यका हकमा २५ जना बराबर एक जना र अन्यको हकमा ३० जना पार्टी सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष रावतले बताए । सबै प्रतिनिधिमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । जिल्लामा भएका जनसंगठनहरु मध्ये जिल्ला अधिवेशन सम्पन्न भएका जनसङ्गठनहरुलाई २ जना र अधिवेशन सम्पन्न नभएकाको हकमा १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ ।

कावा अध्यक्ष डबल रावतको अध्यक्षतामा १ सय ५१ सदस्यीय अधिवेशन मूल आयोजक कमिटी गठन गरेको हुम्लाले अमरबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी, डबल रावतको संयोजकत्वमा पाँच सदस्यीय सांगठानिक तथा राजनीतिक प्रतिवेदन लेखन उप–समिति र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको हो । सचिवै तीर्थराज बोहराको संयोजकत्वमा ६ सदस्यीय प्रचारप्रसार उप–समिति, चन्द्र प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति, विमला शाहीको संयोजकत्वमा पाँच सदस्यीय अतिथि सत्कार उप–समिति र छक्क रोकायाको संयोजकत्वमा ६ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ । भने प्रकाश बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय सामाजिक तथा सांस्कृतिक उप–समिति, बुध भण्डारीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उप–समिति, गोरासिंह बोहराको संयोजकत्वमा ७ सदस्यीय आवास तथा खाद्यान्न, गोकुल बुढाको संयोजकत्वमा ३ सदस्यीय यातायात व्यवस्थापन र केन्द्रराज शाहीको संयोजकत्वमा ६ सदस्य स्वयम सेवक परिचालन उप–समिति गठन भएको कार्यवाहक अध्यक्ष रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्