उदयपुरमा शाान्तिपूर्ण रुपमा एसईई



उदयपुर ।

उदयपुरमा शान्तिपूर्ण रुपमा माध्यमिक शिक्षा परिक्षा (एसईई) सुरु भएको छ । विहान ८ बजेबाट सुरु भएको यस वर्षको एसईईमा जिल्लाका आठवटै पालिका ६ हजार १७ जना परीक्षार्थीलाई सामेल गराई २५ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ ।

एसईईलाई भयरहित,मर्यादित र विश्वसनीय वनाउन नौसय २७ जना शिक्षक कर्मचारी तथा सुरक्षा अधिकारीहरु परिचालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई उदयुरका परिक्षा शाखा प्रमुख अर्जुन कार्कीले बताए ।

साधारण नियमित तर्फ पाँचहजार छसय ७३, प्राविधिक तर्फ एकसय ९२ र ग्रेड सुधार तर्फ एकसय ५२ गरी छ हजार १७ परिक्षार्थीले आजबाट शुरु भएको एसइई दिइरहेको र यो वर्ष उदयपुरमा छात्र भन्दा छात्राहरुको सङ्ख्या ३६९ जनाले धेरै रहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्