एमाले उदयपुरको मतगणना जारी



उदयपुर।

नेकपा एमाले उदयपुरको गत मङ्गलबार भएको नवौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयनकालागि बुधबार साँझ भएको मतदानको परिणाम आउन थालेको छ । आज बिहान ८ बजेबाट शुरु भएको मतगणनाको अहिले १ बजेसम्मको प्राप्त परिणाम अनुसार अध्यक्ष पदमा भागवत राउतले ६३ मत, प्रमेश्वर घिमिरेले ३६ मत पाएकाछन ।

यसैगरी उपाध्यक्ष पदमा दिल बहनदुर तामाङले ३८ कालू लामाले २७ र भरत थापाले २३ मत प्राप्त गरेकाछन् । यसैगरी सचिव पदमा टेक बहादुर राउतले ३८ शम्भु पौडेलले २७ र महेश रोकाले २१ मत पाएका छन । उप सचिव पदमा महिला तर्फ गङ्गा राई ५१ महेश्वरी राई २६ र गीता खड्का कार्कीले १७ मत पाएकी छन् ।

उप सचिव कै पुरुष तर्फ हेम खड्का ३४ जिवनाथ दाहाल २० मन्दिप राई १४ दुर्गा थापा १३ र धर्म तामाङले ७ मत प्राप्त गरेको एमाले निर्वाचन समितिले जनाएको छ । मत परिणाम आज साझसम्ममा आउने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्