आज कुन तरकारी तथा फलफूलको मूल्य कति?



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अङ्गुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला ७०, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५०, भारतीय ठुलो गोलभेँडा ७०, अदुवा २२०, रातो आलु ४२ र रातो भारतीय आलु ३८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली १५, लौका ५०, कागती २४०, लोकल काँक्रो ५०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, हाइब्रिड सेतो मूला ३० र रातो मूला ६० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ५० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रुपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ५० र पुदिना १५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २५, भिण्डी ११० र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्