विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित


काठमाडौं ।

नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ। गए राति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो।

यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अङ्क हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अङ्कसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।