त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ रहेका छन् ।

भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ । पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्