आयरल्यान्ड वुल्भ्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, टाेलीमा दुई परिवर्तन


काठमाडौं ।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। योसँगै आयरल्यान्ड वुल्भ्सले पहिला बलिङ गर्ने भएको छ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज दोस्रो खेल खेल्न लागेको हो। यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।