बाजुरामा डुंगा पल्टिँदा एकको मृत्यु



बाजुरा । 
बाजुरा खप्तड छेडेदह गाउँपालिकामा पर्ने  पर्यटकीय स्थल छेदेदह तालमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउसो  डुंगा सयर गर्ने क्रममा  डुङ्गा पल्टिदा उक्त डुंगाबाट खसेर एक जना युवक बेपत्ता भएका थिए।
खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३२  वर्षे वीरेन्द्र बहादुर रावत बेपत्ता भएको  प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए ।
डिएसपी बोहराका अनुसार आइतबार  दिउँसो करिब साढे एक बजेतिर उक्त तालमा रहेको डुङ्गामा चडी तालमा खेल्ने क्रममा डुङ्गा पल्टिन गई वीरेन्द्र रावत तालमा डुबी बेपत्ता भएको र सोही डुंगामा सवार ६ जना भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका थिए । उनका अनुसार  वीरेन्द्र बहादुर रावतलाई आईतवार नै प्रहरीले ताल भित्रै मृत अवस्थामा भेटाएको थियो ।
डिएसपी बोहराका अनुसार होलीको उमंगमा स्थानीय  युवाहरु रमाउन छेडेदह तालमा गएका थिए ।  उनका अनुसार घटनाको मुख्य कारण लापरबाही हो भन्ने प्रारम्भिक बुझिन आएको छ । डुंगा पनि थोत्रो थियो एक वर्ष देखि तालमै थन्किएको थियो । उनीहरुले लाईफ जाकेटपनि लगाएका थिएनन् ।  उक्त तालको गहिराई करिब १३ फिट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्