वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व



काठमाडौं ।

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

 होलीको चीर ठड्याइएपछि आजदेखि होलीको विधिवत सुरुवात भएको हो। फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष पहाडमा चैत ११ गते र तराईमा चैत १२ गते मनाइँदैछ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्