राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समिति सभापति निर्विरोध निर्वाचित हुने


काठमाडौं ।

राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उमेदवारी दर्ता भएको थियो । जसमा एकल उमेदवारी परेको हो।

राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी रहेका छन् भने समर्थकमा इन्दिरादेवी गौतम र दुर्गा गुरुङ प्रस्तावक छन् ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उमेदवारी परेको छ । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा शारदादेवी भट्ट रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

उनका अनुसार आइतबार दुवै समितिको बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।