पिएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ। पिएनजीविरुद्ध नेपालले अहिले ब्याटिङ गरिरहेको छ। पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ। अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ। नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो ।

यो खेल जिते नेपाल फाइनल पुग्ने छ। त्रिकोणात्मक सिरिजको फाइनल खेल फागुन ३० गते हुने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।