गृह सचिवमा अर्याल



काठमाडौँ।

सरकारले गृहमन्त्रालयको सचिवमा वरिष्ठ र अनुभवी सचिवको रूपमा रहेका  एकनारायण अर्याललाई सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा सरुवा गरेको हो ।

गृहमन्त्रालयमा सरुवा भएका अर्याल गृहका अनुभवी र निर्णय क्षमतामा अब्बल मानिन्छन् । अर्यालले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  सचिवको रूपमा  रहेर पनि प्रभावकारी कार्य गरिसकेका  छन् ।
सहसचिव हुँदा  समेत धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा उनले सफलतापूर्वक कार्य गरेका थिए । यस अघि लामो समय गृह मन्त्रालयमा बिताएका उनले  गृह मन्त्रालयमै रहँदा  गृह मन्त्रालय सुधारको मार्गचित्र समेत बनाएका थिए  । अर्यालको गृहमन्त्रालय आगमन सँगै गृह र प्रहरी प्रशासनमा व्यापक सुधारको अपेक्षा गरिएको छ ।  प्रशासनमा अब्बल मानिने अर्याल लाई मुख्य सचिवको ससक्त  दाबेदारको रूपमा समेत लिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्