राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका सार्वाजनिक (सूचीसहित )



काठमाडौँ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्