कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने



काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। २०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।

प्रतिक्रिया दिनुहोस्