राष्ट्रपति पौडेल लड्केश्वरको राष्ट्रिय कोटिहोममा सहभागी 



काभ्रेपलान्चोक।

राष्ट्रपति रामचन्द्र पौडेल पनौती नगरपालिका-११ स्थित बल्थलीमा रहेको  ऐतिहासिक धार्मिक स्थल लड्केश्वर धाममा जारी राष्ट्रिय कोटिहोममा सहभागी भई पूजा अर्चना गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न काभ्रे आएका राष्ट्रपति पौडेल त्यसपछि कोटी होममा सहभागी भएका हुन्  । राष्ट्रपति पौडेलले कोटीहोममा पूजा अर्चनापछि फूलप्रसाद ग्रहण गरेका छन्।

ओमकार फाउण्डेशनको आयोजनमा यही  फाल्गुन २ गतेदेखि सुरु भएको  कोटीहोम चैत्र २ गतेसम्म  जारी  रहने छ।

 

 

प्रतिक्रिया दिनुहोस्