राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, सोमबार उम्मेदवारी दर्ता


काठमाडौँ ।

राष्ट्रियसभाको निर्वाचन यही फागुन २९ गतेका लागि तोकिएको छ।

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन मिति तोकिएको आइतबारको सभालाई जानकारी गराएकी छिन्।

आइतबारको बैठक अध्यक्षता गर्दै उनले राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई कार्यतालिका सूचना प्रकशनका लागि निर्देशन पनि दिएकी छिन्।

संसद् सचिवालयका अनुसार सोमबार (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।