राप्रपा नेता ठाकुरमोहनमाथि आक्रमण, सीसीटीभी फुटेज हेर्दै नेताहरु



काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्षबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो ।

अहिले नेताहरुले हातपातबारे सीसीटीभी फुटेज हेरिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए। उनले घटनाको विषयमा छानबिन गरेर दोषीलाई कारवाही गर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्