प्रधान सेनापति शर्मा र  चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता



काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेना को अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालयका उप-प्रमुख जनरल झांग बी अवतलकाे समूहबीच    भेटवार्ता भएकाे छ  ।

जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यालयमा  आज आइतबार शिष्टाचार भेटवार्ता भएकाे हाे । भेटवार्ताकाे अवसरमा दुई  छिमेकी देशहरुका साथै नेपाली सेना र चिनीया जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्षहरु एवं आपसी चासोका विषयहरुमा छलफल भएकाे जनाएकाे छ ।

 यही २६ गते नेपालको भ्रमणमा आएको मज गेन बेगुइनकाे (Maj Gen Baoqun) नेतृत्वको टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेकाे छ  । चार दिवसीय भ्रमणका लागि आएको ६ (छ) सदस्यीय उक्त टोली फाल्गुण २९ गते चीन फिर्ता हुने छन्  ।

प्रतिक्रिया दिनुहोस्