राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं ।

राष्ट्रियसभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक आज दिउँसो १:०९ बजे बस्नेछ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन्। राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजकै बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्