पाँच दलीय गठबन्धनलाई समर्थन गर्न अरु दललाई एमालेको आग्रह



काठानडौं ।

नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ। शुक्रबार बिहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो।

मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन भएको भन्दै उक्त सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गर्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव शंकर पोखरेलले बताए।

मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा बैठकमा छलफल भएको र यसलाई सकारात्मक रुपमा लिदै अब जनताको समस्यामा सरकारले काम गर्नुपर्ने पोखरेलले बताए।

‘जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले एमालेले सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ’ ‘उनले भने।

प्रतिक्रिया दिनुहोस्