‘भेनोलिभा’मा एनआरएनबीच कुटाकुटः डिबी क्षेत्री र शनि वलीले पिटे एनआरएनएका सल्लाहकार



काठमाडौं। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार टेकबहादुर कार्की (टीबी) माथि कुटपिट भएको छ । कार्कीलाई एनआरएन प्रतिनिधिले नै कुटेका हुन्। उनी लाजिम्पाटस्थित भेनोलिभा रेष्टुरेण्टमा कुटिएका हुन् ।
भेनोलोभिमा रेष्टुरेण्टमा कार्यरत एक कर्मचारीका अनुसार कार्कीलाई र संघका निर्वतमान उपाध्यक्ष डम्मबर बहादुर क्षेत्री (डीबी) र कतारका नवराज वली (शनि)ले कुटपिट गरेका हुन्।

केहीदिन अघि भएको यो घटना बेइज्जत हुने डरले गुपचुप राखिएको थियो। उनीहरूबीच गत अक्टोबरमा भएको निर्वाचनको विषयलाई लिएर विवाद भएको बताइएको छ। ‘डीबी र शनिलगायतका केही सरहरू पहिलेदेखि नै यही रेष्टुरेण्टमा खानपिन गरेर बसिरहनुभएको थियो। पछि कार्की सर पनि बाहिरबाट आउनु भयो। अनि लफडा भएको हो,’ ती कर्मचारीले भने।

एनआरएनए अभियन्ताबीच रेष्टुरेण्टमै भएको लफडा ग्राहकको गोप्नीयताका कारण बताउन नमिल्ने भन्दै थप घटनाबारे बोल्न चाहेनन् उनी।
कार्कीसँग क्षेत्री र वलीको निर्वाचनको विषयमा भनाभन भएको थियो। झगडा चर्किएपछि क्षेत्रीले सुरुमा कार्कीलाई धकेलेर लडाएका थिए। त्यसपछि वलीले गालामा पटापट पिटेर त्यहाँबाट भागेको प्रत्यक्षदर्शीको भनाइ छ।
कार्कीलाई कुटेर भागेका क्षेत्री र वलीलाई रेस्टुरेढटका सञ्चालक समेत रहेका एनआरएनएका निवर्तमान सचिव खगेन्द्र न्यौपानले आफ्नो गाडीमा राखेर भगाएका थिए।

‘न्यौपाने सरको गाडीमा बसेर उनीहरू भागेका हुन्। कार्कीचाहिँ भूइँमा ढलेका थिए। कुटिएपछि कार्कीले आफ्नो ड्राइभर दीपकलाई बोलाएर खोज्न हिँडेका थिए,’ प्रत्यक्षदर्शीको भनाइ छ।

लफडा हुनेबेला न्यौपानेसहित केही पत्रकारहरू पनि छेउछाउतिरै थिए। भेनोलिभा न्यौपानेसहित एनआरएनएका उपाध्यक्ष राजु रेग्मी (राज) र पूर्व कोषाध्यक्ष लोकप्रसाद दाहालको लगानी छ।

कार्कीलाई कुट्ने क्षेत्री र वली एनआरएनएको गत निर्वाचनमा उपविजेता बनेका राजेन्द्र कुमार शर्मा (आरके)को कोर टीमका सल्लाहकार हुन्। शर्मा हारेको झोंकमा उनीहरूले कार्कीलाई कुटेको बताइन्छ।

कार्कीलाई भने चुनाव जितेका डा. केसीले सल्लाहकारमा नियुक्त गरेका छन्। कार्की गत चुनाव निर्वाचन समितिमा समेत थिए। कार्कीमाथि धाधँली गरेर बद्री केसीलाई जिताएको आरोप शर्मा समूहले लगाउँदै आएको छ।

अहिले रेष्टुरेण्टका सञ्चालक न्यौपानेले उक्त दिनको सिसी टिभी फुटेज समेत मेटाएका छन्। घटना बाहिरिए बेइज्जत हुने डरले न्यौपानले सिसी टिभी फुटेज हटाएका हुन्।

प्रतिक्रिया दिनुहोस्