रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन अध्यक्षको मान्यता



काठमाडौं ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ ।

नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको नामावली अध्यवाधिकका लागि आयोगमा पठाइएको थियो ।

आयोगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वैधता अध्ययन गरेर रेशमलाई अध्यक्ष स्वीकार गर्न नसकिने निश्कर्ष निकालेको हो । आयोगले अध्यक्षमा पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्