यी हुन् मन्त्रिपरिषदका निर्णय



काठमाडौं ।

सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारको मन्त्रिपरिषद बैठकले दुई वटा निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। सत्ता गठबन्धन परिवर्तन भएसँगै उनी पुन: सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन्।

उक्त मन्त्रिपरिषदले  संयुक्त राष्ट्र संघको कमिशन अन द स्टाटस अफ वमेन (सिएसडब्ल्यु)को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चाैधरीलाई स्‍वीकृति दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्