नेपाल सरकारको प्रवक्ताको जिम्मा मन्त्री शर्मालाई



काठमाडौं ।

सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ। पुनर्गठित मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो।

यसअघि पनि सरकारको प्रवक्ता शर्मा नै थिइन्। बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्