तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको?



काठमाडौँ।

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार पाँच सय रूपैयाँ बढी हो।हिजो (बुधबार ) छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार चार सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्