मन्त्रीको टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्