एकीकृत समाजवादीको मन्त्री र मन्त्रालय टुंगो लाग्यो



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले मन्त्री र मन्त्रालयकाे टुंगो लगाएकाे छ । एकीकृत समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।

जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ।  एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले पनि आजै शपथ खाने भएपछि पौने ६ बजेका लागि तय भएको शपथ कार्यक्रम केही समय पछि सरेको छ।

नेकपा एकीकृत समाजवादीले शर्तसहित सरकारमा जाने निर्णय गरेको थियो। लगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँगको छलफलपछि नेकपा एकीकृत समाजवादीले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बुझाएको हो।

प्रतिक्रिया दिनुहोस्